Tune to BFM 91.2|Biratnagar

काठमाडौं धुम्बाराहीको राजनीतिक कोभिड प्रदेश हुँदै घरघरमा पुग्यो : मुख्यमन्त्री राई

विराटनगर, २४ जेठ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेपाली राजनीतिमा काठमाडौं केन्द्रबिन्दु भएर फैलिएको राजनीतिक कोभिड घरघरमा पुगेको टिप्पणी गर्नु भएको छ ।

प्रदेशसभामा आजको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले सो कुरा बताउनु भएको हो । ‘कोभिड–१९ को पहिलो लहरसँगै तत्कालीन नेकपाभित्र काठमाडौंको धुम्बाराही केन्द्रबिन्दु भएर नेपाली राजनीतिमा पनि नयाँ प्रकारको राजनीतिक कोभिड देखापर्यो । यो राजनीतिक कोभिड यति तीब्र गतिमा फैलियो कि सिधै प्रदेशमा र स्थानीय तहमा मात्र होइन, घरघरमा पुग्यो,’ उहाँले भन्नुभयो । राजनीतिक कोभिडले कसैलाई पनि बाँकी नराखेको उहाँले बताउनु भएको थियो । ‘हामी कोही अछुतो रहन सकेनौँ । सबै राजनीतिक दललाई प्रभाव र्पायो। तत्कालीन नेकपालाई त त्यो कोभिडले निल्यो नै,’ उहाँले भन्नुभयो ।

हालसम्मा पनि राजनितिक कोभिडले गाँजिरहेको उहाँको भनाइ थियो । ‘हामी कोही पनि स्वस्थ छैनौँ। यो कोभिडले कतिबेला कसलाई निल्ने हो हामीलाई थाहा छैन,’ उहाँले भन्नुभयो । तत्कालीन नेकपा अध्यक्ष पुष्पकमल दाहाल र नेता माधवकुमार नेपालतर्फ संकेत गर्दै अति गर्दा खति हुन्छ भन्ने हेक्का पनि नराखी पार्टी र संघीय सरकारलाई अप्ठेरोमा पारेको आरोप लगाउनु भएको थियो । उहाँले अब भने राजनीतिक कोभिड लिकमा फर्किएको बताउनुभयो । ‘हामी यौटा लिकमा आइपुगेका छौँ । हामी ट्र्याकमा आइपुगेका छौँ। हामी स्वस्थ हुँदै ऐतिहासिक जिम्मेवारी पूरा गर्न सक्ने मलाई विश्वास छ,’ उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button