Tune to BFM 91.2|Biratnagar

कात्तिक १५ गतेसम्मलाई प्रदेशसभा बैठक स्थगित

विराटनगर, ७ कात्तिक । प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्मलाई स्थगित भएको छ । सत्तारुढ नेकपा एमाले र प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसले प्रदेशसभा बैठक स्थगित गर्न माग गरे पछि बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयले जारी गरेको सुचनामा उल्लेख छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा बाढीको क्षति अबलोकन गर्न प्रदेश १ को भ्रमणमा आएको र आन्तरिक तयारी पनि गर्नुपर्ने कारण देखाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संदको बैठक रोक्न माग गरेको थियो । यस्तै सत्तारुढ नेकपा एमालेले दशौं महाअधिवेशन अन्तर्गत कात्तिक ९ गते पालिका अधिवेशन,कात्तिक ११ गते स्थायी कमिटी बैठक, १२ र १३ गते केन्द्रीय कमिटी बैठक भएकाले कात्तिक १५ गतेसम्मलाई प्रदेशसभा बैठक स्थगित गर्न माग गरेको थियो । प्रदेश १ को प्रदेशसभामा मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मतका लागि शुक्रबारको बैठकमा प्रस्ताव पेश गरिसक्नुभएको छ ।

आजको प्रदेशसभा बैठकमा मत विभाजन हुने कार्यसूची तय भएर सांढे १२ बजे बैठक राख्न सूचना जारी गरिएको थियो । तर, सत्तारुढ र प्रमुख प्रतिपक्षी दलले बैठक सार्न माग गरेपछि आइतबार प्रदेश सभाको बैठक नै नवसी कात्तिक १५ गते सम्मका लागि बैठक स्थगित गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button