कान्तीपुर कलेजमा वक्तृत्वकला

0
66

विराटनगर,२४ भदौ । विराटनगर–१० मा रहेको कान्तीपुर कलेजले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा याराना राई प्रथम भएकी छिन् । राईले १६ जना पतिस्पर्धीलाई पछी पार्दै प्रथम भएकी हुन् । त्यस्तै प्रतियोगिता विवेक मण्डल द्वितीय, रन्जीत अधिकारी तृतीय तथा निशु पोखरेल र सविना कटुवालले सान्त्वना स्थान प्राप्त गरे । कलेज व्यवस्थान समितीका अध्यक्ष प्रा.डा.तेजनाराय मण्डल, साहायक प्रध्यापक, जनक अधिकारी र प्राध्यापक कृष्ण वस्तीको निर्णायक समितिले प्रतिस्पर्धीहरूमध्येबाट पुरस्कृतको नामावली सार्वजनिक गरेको थियो । ‘समृद्ध राष्ट्र निर्माणमा युवाको भूमिका’ र ‘प्रविधिको प्रयोग, अवसर र चुनौती’ दुईवटा विषयमा प्रतिस्पर्धी विद्यार्थीहरूले आ–आफ्ना तर्क प्रस्तुत गरेका थिए । विद्यार्थी्भित्र रहेको प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यका साथ वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको कलेजका प्रिन्सिपल भुवन नेपालले जानकारी गराए । कार्यक्रममा कलेजका अध्यक्ष प्रा.डा. मण्डल प्रिन्सिपल नेपाल, संस्थापक जनक अधिकारी र प्राध्यापक कृष्ण वस्तीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । प्रतियोगितामा कक्षा–११ र १२ मा अध्ययनरत विद्यार्थी सहभागी भएका थिए । कलेजबाट छनौट भएका विद्यार्थीले हिसानले आयोजना गर्ने वक्तृत्वकलामा प्रतिस्पर्धा गर्न पाउनेछन् ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here