Tune to BFM 91.2|Biratnagar

कामदारले गरे घरधनीको हत्या

विराटनगर ६ साउन । उदयपुरको त्रियुगा नगरपालिका–८ उत्राही टोलका ६५ वर्षीय महिकर चौधरीको आफ्नै घरमा काम गर्न बसेका कामदारले आज बिहान हत्या गरेका छन् । कामदारले गर्धनमा पटक–पटक खुकुरी प्रहार गर्दा वृद्ध उमेरका चौधरीको घटनास्थलमै मृत्यु भएको उदयपुर प्रहरीका प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले बताउनु भयो ।

उहाँका अनुसार बिहान ५ः१५ बजेतिर चौधरीको गर्धनमा पाँच पटकसम्म खुकुरी प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । खुकुरी प्रहार हुन थालेपछि प्रतिकार गर्दा र छेक्न खोज्दा चौधरीको हातको औंला पनि काटिएको गौतमको भनाइ छ । घरधनी हत्याका आरोपी त्रियुगा–१३ पोर्ताहा घर भएका ४५ वर्षीय मेमोरी भनिने किसन सदालाई घटनामा प्रयोग गरिएको खुुकुरीसहित पक्राउ गरिसकिएको जानकारी डिएसपी गौतमले दिनु भयो । उहाँका अनुसार सामान्य विषयमा भएको विवाद हत्याको घटनामा पुगेर टुङ्गिएको पाइएको छ । घटनाका बारेमा थप अनुसन्धान सुरु गरिएको जानकारी प्रहरीले दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button