कार्यकारी निर्देशक डा.श्रेष्ठलाई नेपाल विद्याभुषण ‘क’

0
665

विराटनगर, २४ भदौ । वीएफएमका कार्यकारी निर्देशक डा. सन्देशदास श्रेष्ठलाई नेपाल विद्याभुषण पदक ‘क’ प्रदान गरिएको छ ।

राष्ट्रपति निवास शितल निवासमा आयोजित एक समारोहकावीच राष्ट्रपति विद्यादेवी भण्डारीले सो पदक प्रदान गर्नु भएको हो । कार्यकारी निर्देशक श्रेष्ठले सन् २०१६ मा मोहनलाल सुखाडिया विश्वविद्यालय, भारतबाट म्यानेजमेन्ट विषयमा पीएचडी हासिल गर्नु भएकोमा ‘क’ श्रेणीको विद्याभूषण पदकबाट विभूषित गरिएको हो ।

स्वदेशी तथा विदेशी शिक्षण संस्थाबाट विभिन्न उपाधि हासिल गरेका नेपाली छात्रछात्राहरुलाई विद्याभुषण पदक प्रदान गर्ने गरिएको छ । सो पदक हरेक वर्ष अन्र्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा राष्ट्रपतिबाट प्रदान गर्ने गरिन्छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here