कार दुर्घटना हुँदा तीन जनाको मृत्यु

0
109

बिराटनगर ३० चैत ।सुनसरीको धरान उपमहानगरपालिका – ८ स्थित सेउती पुलमा गएराती कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय धरानका प्रमुख सुमन तिम्सिनाका अनुसार मृत्यु हुनेमा धनकुटा महालक्ष्मी नगरपालिकाका २७ वर्षीय जनक बुढाथोकी, इटहरी –४ का अनिल श्रेष्ठ र ठेगाना नखुलेका मदन लिम्बु रहेका छन् ।चालक मोरङ सुन्दर हरैचाका अन्दाजी ४५ वर्षीया गोबिन्द बस्नेतको अवस्था गम्भिर रहेको र उनको उपचार विराटनगरको न्यूरो अस्पतालमा भइरहेको छ । धरानबाट इटहरी आउँदै गरेको बा २० च ४०७६ नम्बरको कारले मे १ त ६६९२ नम्बरको ट्याक्टरलाइ ओभर टेक गर्ने क्रममा दुर्घटना हुन पुगेको हो ।खनारबाट धरानतर्फ जाँदै गरेको को १ ख ४७६१ नम्बरको मजदुर बोकेको बसमा कार अनियन्त्रित भइ ठोकिदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । ट्याक्टरमा सवार ३ र बसमा सवार ४ जना यात्रुहरूसमेत घाइते भएको र उनिहरूको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here