काव्यारोहण शृंखलाको तेस्रो भागमा बम देवान

0
74

विराटनगर, २ माघ । विराटनगरस्थित आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा काव्यारोहण शृंखलाको तेस्रो भागमा धरानका वरिष्ठ कवि बम देवान प्रस्तुत हुने भएका छन् । हरेक महिनाको पहिलो शनिबार आयोजना हुने कार्यक्रमअन्तर्गत माघको शृंखलामा आरोहणले देवानलाई प्रस्तुत गर्न लागेको हो । माघ ४ गते हुने शृंखलामा देवानले एक दर्जन आफ्ना सशक्त कविता प्रस्तुत गर्नेछन् । देवानले साहित्यमा विम्बको प्रयोग गरेर प्रगतिशील, माक्र्सवादी, जनवादी साहित्यलाई जीवन्तता दिएका छन् । पञ्चायतकालमा दर्शन राईको नामबाट साहित्य सिर्जना गरेका उनी राजनीति र साहित्यलाई सँगै हिंडाउने वामविचारकका रुपमा परिचित छन् ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here