Tune to BFM 91.2|Biratnagar

कुखुरा पालन व्यवसाय संकटमा

विराटनगर , २२ बैसाख । लामो लकडाउनेगर्दा प्रदेश नं १ मा कुखुरा पालन व्यवसाय संकटमा पर्दै गएको छ । लामो लकडाउने गर्दा कुखुराकालागि दाना अभाव संगै उत्पादन भएका कुखुरा र अण्डा बिक्रिमा समस्या भएपछि प्रदेश नं १ मा कुखुरा व्यवसाय संकटमा परेको हो ।

लकडाउनले गर्दा सबै होटल , रेष्टुरेन्टहरु बन्द भएकोले फ्रेस हाउसहरु पनि बन्द नै रहेकाछन । यसलेगर्दा कृषकहरुलाई बजारसम्म कुखुरा पुरयाउन पनि समस्या हुनुका साथै मासुको खपत मा पनि ८० प्रतिशतले कमी आएको किसानले बताएकाछन ।

२० प्रतिशत मासुको खपतकालागि पनि लकडाउनले बजारसम्म लान ल्याउन समस्या भएकोछ ।लकडाउने गर्दा शहर बजारका रहेका फ्रेस हाउसहरु प्राय सबै बन्दछन । केही ब्यवसायीले भने बिहान साँझ प्रहरीबाट जोगिदै मासु बिक्रि गर्ने गरेका छन ।

एक नम्बर प्रदेश कृषी , भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सुचना अधिकारी हरिसिंह खत्रीका अनुसार एक नम्बर प्रदेशमा ६ सय बढी कुखुरा फर्महरु छन । लकडाउनले सबैको बिक्रि घटेको र कृषकहरु सबैलाई दानाको अभाव भएको छ ।

भारतबाट कच्चा पर्दाथ (मकै ) आयात नभएकोले नेपालमा उद्योगहरुले दाना उत्पादन गर्न पाएका छैनन ।सुनसरीको बराहक्षेत्रमा रहेको १२ टन , इटहरीमा रहेको २० टन र झापा दमकमा रहेको १५ टन क्षमताको कोल्ड स्टोरमा कुखुरा भरिसकेका छन ।

प्रदेश कृषी मन्त्रालयका पशुपंक्षी महाशाखाका अनुसार प्रदेशमा १ अर्ब बढीको कुखुरा व्यवसायमा कृषहरुको लगानी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button