Tune to BFM 91.2|Biratnagar

कुनै सरोकार नभएका व्यक्तिहरू अहिले निजी विद्यालयहरूको विरोधमा लागि परे :अध्यक्ष पुरी

विराटनगर, ३१ भदौ । प्याब्सन नेपालका केन्द्रीय अध्यक्ष टिकाराम पुरीले आफुलाई शैक्षिक अभियान्त भन्नेहरूले निजी विद्यालयहरू धरापमा बनाउन लागि परेको आरोप लगाउनु भएको छ । प्याब्सन नगर समिति विराटनगरको आज भएको अधिवेशनको उदघाटन गर्दै अध्यक्ष पुरीले शैक्षिक अभियान्त भन्नेहरू सुनियोजित रूपमा निजी विद्यालयहरू धरापमा बनाउन लागि परेका बताउनुभयो ।

कुनै सरोकार नभएका व्यक्तिहरू अहिले निजी विद्यालयहरूको विरोधमा लागि परेको उहाँको भनाई छ । ‘सरोकारवाला हाम्रो अभिभाव भएको भए हामी मान्छौं । तर, कुनै रिलेसन नभएका र सम्बन्ध लगाएर हाम्रो विरोध गर्नेको अब हामीले खबरदारी गरेर अगाडी बढनुपर्ने बेला आएको छ,’ उहाँले भन्नुभयोे । अध्यक्ष पुरीले स्थानिय सरकारलाई र जनप्रतिनधीलाई शिक्षा नीति निर्माणमा सहजता प्रदान गराउन नगर प्याब्सन पनि लाग्नुपर्ने बताउनुभयो । अध्यक्ष पुरीले अब नगर जिल्ला हुदै प्रदेश प्याब्सनको अधिवेशन पनि हुदै केन्द्रीय अधिवेशन पनि क्रमश हुदै जाने बताउनुभयो ।

उहाँले केन्द्रीय कार्य समितिको बैठकले मंसिरमा जिल्ला र पुसमा प्रदेश प्याब्सनको अधिवेशन भइ नयाँ नेतृत्व चयन हुदै जाने जानकारी गराउनुभयो । कार्यक्रममा हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, प्याब्सन केन्द्रीय सचिब राजेश कुमार दास, प्याब्सनको सल्लाहाकार डा. उद्धब पोखरेल, केन्द्रीय सदस्य बासुदेव न्यौपाने, एन प्याब्सनका राजन छाराहार, विराटनगर प्याब्सनका अध्यक्ष इन्द्र राई, नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष संजीव खनाललगायले बोल्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button