Tune to BFM 91.2|Biratnagar

कुलोमा डुबेर बालकको मृत्यु

विराटनगर, २ साउन । मोरङको केराबारी गाउँपालिका–७ मा कुलोमा डुबेर गयराति ३ वर्षीय बालकको मृत्यु भएको छ ।

पाँचथरको मिक्लाजुङ गाउँपालिका–२ घर भएका हर्कबहादुर लिम्बूको छोरा वियन लिम्बूको पानी बगिरहेको कुलोमा डुबेर मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । उनी केराबारीस्थित मामली घरमा बस्दै आएका थिए ।

उनलाई राति ९ बजे कुलोमा डुबिरहेको अवस्थामा मृत फेला पारिएको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button