कुवेत लैजान खोजिएका तीन महिलाको उद्धार

0
52

विराटनगर, २६ भदौ । अवैध बाटो रोजेर विदेश हिँडेका तीन जना महिलाकोे उद्धार गरिएको छ । भारत हुँदै अवैध रूपमा कुवेत जान हिडेका तीन जना महिलाको उद्धार गरिएको हो । दलालको फन्दामा परि आकर्षक तलब दिने भन्दै अवैध बाटो रोजी विदेश हिँडेका ती मलिहाहरूको उद्धार विराटनगर भन्सार कार्यालयको २ नम्बर ढाटबाट गत मंगलबार साना हातहरू नेपाल नामक संस्थाले गरेको हो । दलालको निर्देशन बमोजिम ती महिलाहरू जोगवनीमा सरसामन किन्ने बहना बनाएर हिँडेका थिए । उनीहरूको साथमा तेल हाल्ने ड्रम पनि थियो । तेल किन्ने बहना बनाएर साथमा ड्रम बोकेर हिँडेका थिए । ‘सोधपुछको क्रममा दलालको फन्दमा परि विदेश हिडेको खुल्यो,’ साना हातहरू नेपाल विराटनगरका स्टेशन म्यानेजर दिवश श्रेष्ठले भन्नु भयो , ‘दलालले नेपालको विमानस्थल प्रयोग गरी विदेश जादा महँगो पर्ने भएकोले भारतको बाटो रोजेको भनेका रहेछन् ।’ काठमाडौंका सुरज तामाङ र इनरुवाको लक्ष्मण रामले ती महिलाहरू अवैध बाटो प्रयोग गरी विदेश पठाउने क्रममा हामीले फेला पारेको साना हातहरू नेपालका स्टेशन म्यानेजर श्रेष्ठले जानकारी दिनु भयो । उनीहरू मध्ये २ जनाको पासपोर्ट थियो भने एक जनाको थिएन् । उनीहरू इटहरी, मोरङ र चितवनकी महिला हुन् । विदेश पठाउने दलालले एक जना महिलासँग ८० हजार पनि लिएको बताइएको छ । ती महिलालाई विदेश पठाउने दुवै जना एजेन्ट अहिले फरार छन् । तीनै जना महिलालाई एकै ठाउँमा जम्मा पारेर मंगलबार साँझ दलालले पठाएका थिए । उद्धार गरिएका महिलालाई आज प्रहरीमार्फत आफन्तको जिम्मा लगाइएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here