Tune to BFM 91.2|Biratnagar

कुष्ठरोग संगती र आईपासद्धारा प्रदेश १ सरकारलाई ५ लाख बढीको सामाग्री

विराटनगर, १९ जेठ । प्रदेश १ सरकारलाई नेपाल कुष्ठरोग संगती र आईपास नेपालले ५ लाख बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।कुष्ठरोग संगतीका प्रदेश १ संयोजक एन्ड्रयु सिथलिङले प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र समााजिक विकास मन्त्री जीवन घिमिरेलाई ३ लाख ५० हजारको आईसियु प्यासेन्ट मोनिटर हस्तान्तरण गर्नुभएको छ ।

यस्तै आईपास नेपालले १ लाख ९१ हजारको विभिन्न स्वास्थ्य सामाग्रीहरु सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई हस्तान्तरण गरेको छ । मास्क, ग्लोब्स, गाउन लगायतका सामाग्रीहरु आईपास नेपालका प्रदेश संयोजक केदार भण्डारीले मन्त्री घिमिरेलाई हस्तान्तरण गर्नुभएको थियो ।

स्वास्थ्य सामाग्री ग्रहण गर्दै मन्त्री घिमिरेले कोरोनाको कहिले सम्म रहने भन्ने नभएकाले सहयोगी संस्थाहरुलाई स्वास्थ्य सामाग्रीहरु आगामी दिनमा पनि सहयोग गर्नका लागि आग्रह गर्नुभयो । स्वास्थ्य सामाग्री उपलब्ध गराउने संस्थाहरुलाई उहाँले धन्यवाद दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button