कृषि क्षेत्रकालागि प्याकेज घोषणा गर्न सरकारसँग आग्रह
विराटनगर २२ वैशाख । स्वदेशी कच्चा पदार्थमा आधारित वस्तुहरुको उत्पादनमा अब सरकारले जोड दिनुपर्ने उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले बताउनु भएको छ ।
आज विएफएम संगको कुराकानीमा घिमिरेले नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालको भनाई उदृत गर्दै व्यवसायीले नाफा लुकाउने भएकाले व्याज छुट दिनु हुन्न भन्ने भनाई प्रति जतिसुकै भत्र्सना गरे पनि कम हुने बताउनुभयो ।
उहाले उद्योगी व्यवसायीलाई निर्यातमा सहजीकरण गर्न र रोजगारी प्रबृद्धनकालागि कृषि क्षेत्रकालागि प्याकेज घोषणा गर्न सरकारसँग आग्रह गर्नुभयो ।उहाले अर्थतन्त्रमा नगद प्रवाहको अवस्थालाई कमी हुन नदिन थप नगद प्रवाह गर्ने स्थिती सामान्य नहुञ्जेल लगानीहुने आयको श्रोत नखोज्न पनि आग्रह गर्नुभएकोछ ।
उहाले संघ, प्रदेश र स्थानीय सरकारबाट पर्याप्त पूजिगत खर्चहरु गरी तरलता अभावको सिर्जना हुन दिन नहुने बताउनुभयो ।उहाले उपभोक्ताको क्रयशक्तीमा कमी आउन नदिन, सार्वजनिक क्षेत्रमा अल्पकालिन रोजगारी कार्यक्रम संचालन गर्नुपर्ने र छोटो अवधिमा प्रतिफल प्राप्त गर्न क्षेत्र पहिचान गरी सरकारले लगानीलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।यसैगरि आयातहुने कृषिजन्य वस्तुलाई प्रतिस्थापन गरि उत्पादनका लागी बिषेश सहुलियत दरमा ऋण प्रवाह गर्ने सरकारी निति हुनुपर्ने उहाको भनाई छ ।
व्यवसायीक उत्पादनका लागि कृषि उपकरण खरिदमा अनुदानको व्यवस्था तथा विउ, विजन, मलखाद खरिदमा सहजता बनाउनुपर्ने र अब विदेशबाट फर्किने नेपाली कामदारका लागी पनि राज्यले बेलैमा सोच्नुपर्नेमा उहाले जोड दिनुभयो । विदेशिएका कतिपय नेपाली स्वदेश फर्किसकेका छन् भने अन्य पनि फर्किन पर्खाइमा छन्।
आगामी दिनमा हाम्रा कामदार सबैले विभिन्न चुनौती सामना गर्नुपर्ने देखिन्छ। यस्तो अवस्थामा हाम्रा सरकारी निकायहरुले विभिन्न तरिकाबाट देशमा आउन सक्ने सम्भावित दबाबहरुको परीक्षण (स्ट्रेस टेस्टिङ) गरेर सरकारले सही निर्णय लिनुपर्ने बताउनुभयो ।
उहाले उद्योग व्यवसाय धारासायी हुनबाट बचाउन यस्ता उद्योगको चालु खर्च व्यवस्थापनका लागि सहुलियत दरमा कर्जा प्रवाहको व्यवस्थागर्न र विद्युतको डिमाण्ड शुल्कमा छुट दिन पनि सरकारसँग माग गर्नुभयो ।