केन्द्रीय समितिको आकार बढाउँदा पदाधिकारी संख्या पनि थप गर्नुपर्ने माग

0
34

विराटनगर, १६ मंसिर । नेपाली कांग्रेसभित्र पार्टीको आन्तरिक निर्वाचन प्रणालीलाई एकल संक्रमणीय आधारमा गर्ने गरी विधानमा व्यवस्था गर्न केन्द्रीय सदस्यहरुले माग गरेका छन् । केन्द्रीय समितिमा जारी विधान मस्यौदा समितिको प्रतिवेदनमाथिको छलफलमा भाग लिंदै केन्द्रीय सदस्यहरुले यस्तो धारणा राखेका हुन् । प्रत्यक्ष निर्वाचन प्रणालीले पार्टीमा एउटा समुहको मात्र प्रभुत्व हुने र त्यसले पार्टीलाई कमजोर बनाउने काम गर्दै आएको भन्दै आजको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले एकल संक्रमणीय निर्वाचन प्रणालीको वकालत गरेका हुन् ।केन्द्रीय सदस्यहरुले हाल कायम रहेको क्रियाशील सदस्यता प्रणालीलाई पनि कायम राख्न माग गरेका छन् । केही केन्द्रीय सदस्यले केन्द्रीय समितिको आकार बढाउँदा पदाधिकारी संख्या पनि थप गर्नुपर्ने माग गरेका छन् । भूगोल र जनसंख्याको आधारमा मात्र नभई पार्टी सदस्यताको आधारमा समितिहरुमा प्रतिनिधित्व हुने व्यवस्था गर्न उनीहरुले माग गरेका छन् ।आजको बैठकमा केन्द्रीय सदस्यहरु सुरेन्द्र पाण्डे, श्याम घिमिरे, अर्जुन जोशी, फरमुल्लाह मन्सुर लगायतले धारणा राखेका थिए । बैठक भोलि पनि बस्नेछ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here