केन्द्र सार्ने निर्णय गरिएको भन्दै स्थानीयले लगाए गाँउपालिकामा ताला

0
142

पाँचथर ३१ वैशाख । गाँउपालिका केन्द्र सार्ने निर्णय गरिएपछि स्थानीयले पाँचथरकोे फाल्गुनन्द गाँउपालिका केन्द्रमा तालावन्दी गरेका छन । हिजो बसेको कार्यपालिका वैठकले हाल रहेको घुर्बिसे पञ्चमीवाट याम्वावुङ र कोल्वुङको माझमा सार्ने निर्णय गरेको भन्दै स्थानीयले आज विहानै गाँउपालिका कार्यालयसँगै कर्मचारी र जनप्रतिनिधिका क्वाटरमा ताला लगाइदिएका हुन । ताला लगाएपछि गाँउपालिकाका सबै काम ठप्प भएको छ । २०७४ साल मंसिर १४ गते गाँउपालिकाको केन्द्र कहाँ सार्ने भन्ने विषयमा सहमति नजुटेपछि जनप्रतिनिधिले मतदान गरेर केन्द्र विवाद टुंग्याएका थिए ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here