Tune to BFM 91.2|Biratnagar

कोकाकोलाको ८ करोड रुपैयाँ सहयोग

विराटनगर, १७ वैशाख । कोरोना रोकथाम तथा नियन्त्रण कोषमा कोकाकोलाले ८ करोड रुपैयाँ सहयोग प्रदान गरेको छ ।

कोकाकोलाले फ्रन्टलाइन स्वास्थ्यकर्मी, आपतकालीन कामदार र यस्तो अनिश्चित समयमा धेरै प्रभावित भएका वेस्ट वर्करहरुलाई सहयोग पुर्याउन ८ करोड रुपैयाँ प्रारम्भिक सहयोग गर्ने वाचा गरेको हो ।

कोकाकोलाले नेपालमा सुरु गरेको राहत कार्यक्रमले यस समयमा देशभर १ लाखभन्दा बढी जीविकालाई लाभान्वित र सकारात्मक प्रभाव पार्ने उद्देश्य रहेको छ ।

नेपालमा कोकाकोलाले देशलाई सुरक्षित राख्न अथक परिश्रम गरिरहेका फ्रन्टलाइन स्वास्थ्यकर्मीहरु र आपतकालीन कामदारहरुका लागि आधारभूत स्वास्थ्य सुविधाहरु, आवश्यक मेडिकल उपकरण र व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) को वृद्धि गरी तत्काल राहत प्रदान गरी समुदायलाई सहयोग गर्न सक्रिय कदम चालेको छ ।

यसका साथै कम्पनीले आपतकालीन कामदारलाई पेय पदार्थ र दैनिक ज्यालामा निर्भर रहेका प्रभावित समुदायलाई खाद्यान्न राहत सामग्रीहरु प्रदान गर्दै सहयोग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button