Tune to BFM 91.2|Biratnagar

कोभिड १९ उपचार केन्द्रका स्वास्थ्यकर्मीको रिपोर्ट नेगेटिभ

विराटनगर, २१ वैशाख । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा खटिँदै आएको स्वास्थ्यकर्मीहरूको कोरोना परीक्षण गरिएको छ । संक्रमितको उपचारमा संलग्न २८ स्वास्थ्यकर्मीको कोरोना परीक्षण गरिएको हो ।

कोभिड उपचार केन्द्रमा ३१ जना कोरोना भाइरस संक्रमितको उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सक टोलीसहित अन्य कर्मचारी २८ जनाको पीसीआर परीक्षण गरिएको थियो । उनीहरूको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको अस्पतालकी मेडिकल सुपरीटेन्डेन्ट डाक्टर संगीता मिश्राले बताउनुभयो ।

कोसी अस्पतालमा उपचार गराइरहेको कोरोना भाइरस संक्रिमत ३१ जनाको अवस्था सामान्य रहेको डाक्टर मिश्राले बताउनुभयो । ‘

अहिलेसम्म उहाँहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ,’ मिश्राले भन्नुभयो, ‘बिरामीको नियमित परीक्षण भइरहेको र ३ जना सुगर र १ जना ब्लड प्रेसरको बिरामी रहेको हुँदा उहाँहरू औषधि त्यसअनुरूप चलिरहेको छ, त्यस्तो कुनै समस्या आएको छैन ।

’ अस्पतालमा उपचार गराइरहेका ३१ जनामध्ये १३ जनाको पुन ः स्वाब परीक्षण गरिएको छ । उनीहरुको रिपोर्ट आउन बाँकी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button