कोरानाका शंकास्पद व्यक्ति देखापरे ०२१-४७०५०० मा फोन गर्नुहोस
विराटनगर , १२ चैत । कोरोनो संक्रमणको शंकास्पद बिरामी फेला परेमा तुरुन्त खबर गर्न एक नम्बर प्रदेश सरकारले अनुरोध गरेको छ ।
विश्वमहामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण रोकथामकालागि शंकास्पद व्यक्ति फेला परेमा प्रदेश सरकारको सूचना डेस्कको फोन नम्बर ०२१, ४७०५०० मा तुरुन्त खवर गर्न प्रदेशवासीमा अनुरोध गरेको हो ।
शंकास्पद व्यक्तिहरुलाई स्थानीय क्वारेन्टाइनमा राखेर कोरोनाको लक्षण निगरानी गरिनेछ ।