Tune to BFM 91.2|Biratnagar

कोरोनाका कारण आज एक जनाको मृत्यु

विराटनगर, २८ साउन । सुनसरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमणका कारण आज एक जनाको मृत्यु भएको छ ।

मोरङको बूढीगंगा गाउँपालिका २ का ५५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताउनुभयो । उनी एक सातादेखि प्रतिष्ठानको आइसोलेसनमा उपचाररत थिए ।

उनमा श्वासप्रश्वासको समस्या देखिएपछि आकस्मिक कक्षमा भर्ना गरिएको थियो । आकस्मिक कक्षमा उपचाररत उनको उपचारका क्रममा आज बिहान मृत्यु भएको बताइएको छ । मृतकको शव अहिले आइसोलेसनमै रहेको छ ।

शव व्यवस्थापनका लागि सेनाको विशेष टोलीको जिम्मा लगाउने तयारी भइरहेको प्रतिष्ठानले जनाएको छ ।यसैबीच प्रदेश १ मा कोरोना कारण मृत्यु हुनेको संख्या सात पुगेको छ ।

मृत्युु भएका चार जना विराटनगर महानगरपालिकाका मात्रै रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button