Tune to BFM 91.2|Biratnagar

कोरोनाका कारण प्रदेश १ मा १३६ जनाको मृत्यु

विराटनगर, ४ कात्तिक । कोरोना कारण प्रदेश १ मा हालसम्म एक सय ३६ जनाको मृत्यु भएको छ । मृत्यु भएकामा एक सय एक जना पुुरुष र ३५ जना महिला रहेका छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार ज्यान गुमाउनेमध्ये एक सय २० जना प्रदेश १ र १६ जना प्रदेश २ का छन् । हालसम्म प्रदेश १ को मोरङका ५५, सुनसरीका ४५, झापाका १५, तेह्रथुमका दुई, धनकुटा, उदयपुर र ताप्लेजुङका एक÷एक जनाको कोरोनाका कारण मृत्यु भइसकेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

प्रदेश १ मा हालसम्म एक लाख ४७ हजार नौ सय ९४ जनाको पीसीआर परीक्षण भएको छ । परीक्षण गरिएकामध्ये संख्या १३ हजार नौ सय ८८ को रिपोर्ट पोजेटिभ र एक लाख ३४ हजार छ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रदेशमा हिजो मात्रै एक सय ३२ महिला र दुई सय पुरुष गरेर तीन सय ३२ नयाँ बिरामी थपिएका छन् । हिजो एक हजार एक सय ४४ जनाको स्वाबको परीक्षण भएको थियो । नयाँ थपिएका संक्रमितमा एक सय ४४ जना मोरङ, एक सय ३१ जना सुनसरी, ४१ जना झापा, छ जना उदयपुर, चार जना संखुवासभा, एक जना इलाम र पाँच जना प्रदेश १ बाहिरका रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना भाइर संक्रमण भएर उपचार गराइरहेकामध्ये हालसम्म छ हजार ३९ जना डिस्चार्ज भएका छन् । कोरोना जित्दै डिस्चार्ज भएकाहरु संक्रमणमुक्त बनेको जानकारी मन्त्रालयले दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button