Tune to BFM 91.2|Biratnagar

कोरोनाका कारण भारतमा १ हजार २२३ को मृत्यु

विराटनगर २० वैशाख । भारतमा कोरोना भाइरसको संक्रमणका कारण १ हजार २२३ को मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २ हजार २९३ जना नयाँ संक्रमितको पहिचान भएको छ । भारतमा कोरोना संक्रमितको संख्या ३७ हजार ३३६ पुगेको छ ।

१० हजार ७ जना उपचार पछि निको भएका छन् । भारतमा केन्द्रीय सरकारले जारी लकडाउनलाई दुई हप्ता बढाएर १७ मे सम्म पुर्याएको छ । भारतमा यो लकडाउनको तेस्रो चरण हो । हटस्पोट, रेड जोन, अरेन्ज जोन र ग्रिन जोन गरेर देशलाई बाँडिएको छ ।

ग्रिन जोनमा रहेका जनताले लकडाउनमा सबैभन्दा धेरै छुट पाउने छन् । हटस्पोट जोनमा रहेका जनताले कुनै पनि छुट पाउने छैनन् । एरेन्ज जोनमा रहेका जनताले केही छुट पाउने छन् । एउटा राज्यबाट अर्काे राज्यमा जान मजदूलाई रेलको व्यवस्था गरिएको छ । फसेका मजदूरलाई उद्दार गर्ने रेललाई श्रमिक ट्रेन नाम दिइएको छ ।

मे १ मा ६ वटा ट्रेन छुटेका थिए । भारतीय सेनाले विदेशमा रहेका आफ्ना नागरिकलाई फिर्ता ल्याउन सहयोग गर्न आफ्नो संगठन तयार रहेको जनाएको बीबीसीले उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button