Tune to BFM 91.2|Biratnagar

कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख १५ हजार

विराटनगर १ बैशाख । नोबल कोरोना भाइरस कोभिड–१९ को महामारीका कारण मृत्यु हुने र संक्रमितको संख्या हजारौंमा थपिंदै गएको छ । पछिल्लो तथ्यांक अनुसार आज साँझ सम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख १५ हजार १ सय १ पुगेको छ ।

संक्रमितको संख्या पनि बढेर १८ लाख ६४ हजार ६ सय ३९ पुगेको छ । संक्रमित मध्ये साढे ५० हजार ८ सय गंभीर अबस्थामा छन् । संक्रमितमध्ये ४ लाख ३३ हजार ८ सय २५ जना उपचारपछि निको भएका छन् ।

सबैभन्दा बढी संक्रमित अमेरिकामा छन् । अमेरिकामा ५ लाख ६० हजार ४ सय ३३ जना संक्रमित हुँदा २२ हजार १ सय १५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १५ सय बढीको मृत्यु भएको छ । स्पेनमा १ लाख ६९ हजार ४ सय ९६ जना संक्रमित हुँदा १७ हजार ४ सय ८९ जनाको मृत्यु भएको छ ।

त्यसैगरी इटालीमा संक्रमितको संख्या १ लाख ५६ हजार ३ सय ६३ पुगेको छ । त्यहाँ १९ हजार ८ सय ९९ जनाको मृत्यु भएको छ । फ्रान्समा १ लाख ३२ हजार ५ सय ९१ जना संक्रमित हुँदा १४ हजार ३ सय ९३ जनाको मृत्यु भएको छ ।

जर्मनीमा १ लाख २७ हजार ८ सय ५४ जना संक्रमित भएका छन् । ३ हजार २२ जनाको मृत्यु भएको छ । बेलायतमा ८४ हजार २ सय ७९ जना संक्रमित छन् भने १० हजार ६ सय १२ जनाको मृत्यु भएको छ ।

भारतमा ९ हजार २ सय ४० जना संक्रमित हुँदा ३ सय ३१ जनाको मृत्यु भएको छ । त्यसैगरी पाकिस्तानमा संक्रमितको संख्या ५ हजार ३ सय ७४ पुग्दा ९३ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button