Tune to BFM 91.2|Biratnagar

कोरोनाका कारण लोक सेवा आयोगका सबै परीक्षा स्थगित

काठमाडौं, ६ चैत । लोक सेवा आयोगले कोरोना भाइरस (कोभिड–१९) को त्रासका कारण सबै परीक्षा स्थगित गरेको छ ।आज बसेको आयोगको बैठकले चैत ८ पछिका सबै लिखित परीक्षा स्थगित गरेको जनाएको छ ।

आज बसेको बैठकले चैत मसान्तसम्मको लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।यसअघि त्रिभुवन विश्वविद्यालयले आफ्ना सबै परीक्षा स्थगित गरेको छ ।

कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि हिजो सरकारले सबै शैक्षिक गतिविधि तत्कालको लागि रोक्ने निर्णय गरेको थियो ।

सरकारको निर्णयलाई आत्मसाथ गर्दै आज त्रिविले आफ्ना सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button