Tune to BFM 91.2|Biratnagar

कोरोनाका कारण विश्वभर करिब तीन लाख मानिसको मृत्यु

विराटनगर, १ जेठ । कोरोनाभाइरसका कारण विश्वभर दुई लाख ९८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । आज साँझ सम्म २ लाख ९८ हजार ७ सय ३७ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ४४ लाख ५२ हजार नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयकाअनुसार नेपाली समयानुसार आज साँझ सम्ममा विश्वभर २४ घन्टाको अवधिमा विश्वभर ८८ हजार २२० जना नयाँ संक्रमित भेटिएका छन् । अघिल्लो दिन पनि ८५ हजार ३१२ जना नयाँ संक्रमित भेटिएका थिए ।

विगत २४ घन्टाको अवधिमा पाँच हजार ३१४ जनाको ज्यान गएको छ । विश्वभर करिब ४६ हजार मानिसको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २४ लाख २४ हजार अर्थात करिब ९८ प्रतिशतको स्वास्थ्य अवस्था सामान्य छ । युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

पछिल्लो विवरणअनुसार बेलायतमा ३३ हजार १८६ जनाको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ । संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतार–चढाव यथावत छ । पछिल्लो २४ घन्टामा अमेरिकामा एक हजार ७७२ जनाको मृत्यु भएको छ । जबकि, अघिल्लो दिन यहाँ एक हजार ६३० जनाको ज्यान गएको थियो ।

योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कुल संख्या ८५ हजार १९७ पुगेको छ । कोरोनाभाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घन्टाको अवधिमा अघिल्लो दिनको झैं सामान्य रहेको छ ।

विगत २४ घन्टामा इटालीमा १९५, स्पेनमा १८४ र फ्रान्समा ८३ जनाको ज्यान गएको छ । दक्षिण अमेरिकी देशहरुमध्ये कोरोनाभाइरसको ‘इपिसेन्टर’का रुपमा देखिएको ब्राजिलमा १३ हजार १५८ जनाको मृत्यु भइसकेको छ । विगत २४ घन्टामा ब्राजिलमा ७५४ जनाको ज्यान गएको छ । भारतमा ७८ हजार ८ सय १० जना संक्रमित भएका छन् । २ हजार ५ सय ६४ जनाको मृत्यु भएकोछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button