Tune to BFM 91.2|Biratnagar

कोरोनाका कारण विश्वभर १ लाख ९७ हजार बढीको मृत्यु

बिराटनगर १३ वैशाख । विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण मृत्यु हुने र सक्रमितको संख्या हजारौंले बढिरहेको छ ।

पछिल्लो तथ्यांक अनुसार १ लाख ९७ हजार ३ सय ५४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।संक्रमितको संख्या भने २८ लाख ३३ हजार ६ सय ९७ पुगेको छ । संक्रमितमध्ये ८ लाख ७ हजार ४ सय ६९ जना उपचारपछि निको भएका छन् ।

कोरोनाका कारण सबैभन्दा बढी आक्रान्त बनेको अमेरिकामा ९ लाख २५ हजार ७ सय ५८ जना संक्रमित हुँदा ५२ हजार २१७ जनाको मृत्यु भएको छ ।स्पेनमा २ लाख १९ हजार ७ सय ६४ जना संक्रमित हुँदा २२ हजार ५ सय २४ जनाको मृत्यु भएको छ ।त्यसैगरी इटालीमा संक्रमितको संख्या १ लाख ९२ हजार ९ सय ९४ पुग्दा मृतकका संख्या २५ हजार ९ सय ६९ पुगेको छ ।

फ्रान्समा १ लाख ५९ हजार ८ सय २८ जना संक्रमित छन् भने २२ हजार २ सय ४५ जनाकोे मृत्यु भएको छ ।उता जर्मनीमा १ लाख ५४ हजार ९ सय ९९ जना संक्रमित भएका छन् । मृतकको संख्या ५ हजार ७ सय ६० पुगेको छ ।बेलायतमा १ लाख ४३ हजार ४ सय ६४ जना संक्रमित हुदा १९ हजार ५ सय ६ जनाको मृत्यु भएको छ ।

भारतमा २४ हजार ५ सय ३० जना संक्रमित हुंदा ७ सय ८० जनाको मृत्यु भएको छ ।त्यसैगरी पाकिस्तानमा संक्रमितको संख्या ११ हजार ९ सय ४० पुग्दा २ सय ५३ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button