Tune to BFM 91.2|Biratnagar

कोरोनाका कारण विश्वभर २ लाख २८ हजार को मृत्यु

विराटनगर, १८ वैशाख । विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण मृत्यु हुने र सक्रमितको संख्या बढिरहेको छ ।

आज साझ छ बजे सम्म २ लाख २८ हजार ६ सय १० भन्दा बढिको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । संक्रमित ३२ लाख ३६ हजार १ सय १८ मध्ये करिव १० लाख १० हजार व्यक्ति उपचारपछि निको भएका छन् ।

अमेरिकामा १० लाख ६४ हजार ५ सय ७२ जना कोरोना संक्रमित हुँदा ६१ हजार ६ सय ६९ जनाको मृत्यु भएको छ । स्पेनमा २ लाख ३६ हजार ८ सय ९९ जना संक्रमित हुँदा २४ हजार २ सय ७५ जनाको मृत्यु भएको छ । त्यसैगरी इटालीमा संक्रमितको संख्या २ लाख ३ हजार ५ सय ९१ पुग्दा मृतकको संख्या २७ हजार ६ सय ८२ पुगेको छ ।

फ्रान्समा १ लाख ६६ हजार ४ सय २० जना संक्रमित छन् भने २४ हजार ८७ जनाकोे मृत्यु भएको छ । उता जर्मनीमा १ लाख ६१ हजार १ सय ९७ जना संक्रमित भएका छन् । मृतकको संख्या ६ हजार ४ सय ५ पुगेको छ । बेलायतमा १ लाख ६५ हजार २ सय २१ जना संक्रमित हुँदा २६ हजार ९७ जनाको मृत्यु भएको छ ।

भारतमा ३३ हजार ६२ जना संक्रमित हुंदा १ हजार ७९ जनाको मृत्यु भएको छ । त्यसैगरी पाकिस्तानमा संक्रमितको संख्या १५ हजार ५ सय २५ पुग्दा ३ सय ४३ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button