Tune to BFM 91.2|Biratnagar

कोरोनाका कारण विश्वभर २ लाख ७० हजार बढीको मृत्यु

विराटनगर, २६ वैशाख । कोरोना महामारीका कारण विश्वभर २ लाख ७० हजारको मृत्यु भएको छ । आज विहान सम्म २ लाख ७० हजार ३ सय ९४ जनाको मृत्यु भएको छ ।

आज विहान सम्म ३९ लाख १२ हजार ४ सय २५ जना संक्रमितमध्ये १३ लाख ४० हजार ६ सय १ जना उपचारपछि निको भएका छन् । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ५६ हजार ३ सय ५१ पुगेको छ । भारतमा ३ हजार ३ सय ६४ जना नयाँ संक्रमित थपीएका छन् । मृत्यु हुनेको संख्या १ हजार ८ सय ८९ जना पुगेको छ ।

संक्रमितमध्ये १६ हजार ७ सय ७६ जना उपचारपछि निको भएका छन् । महाराष्ट्रमा सबैभन्दा बढी संक्रमित छन् । यस्तै पछिल्लो तथ्यांकअनुसार कोरोनाका कारण अमेरिकामा ७६ हजार ९ सय ८ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १२ लाख ९२ हजार नाघेको छ । इटालीमा २ लाख १५ हजार बढी संक्रमितमध्ये २९ हजार ९ सय ५८ जनाकोे मृत्यु भएको छ ।

स्पेनमा २ लाख ५६ हजार ८ सय ५५ कोेरोना संक्रमितमध्ये २६ हजार ७० जनाको मृत्यु भएको छ । बेलायतमा संक्रमितको संख्या २ लाख ६ हजार नाघ्दा ३० हजार ६ सय १५ जनाको मृत्यु भएको छ । यस्तै फ्रान्समा संक्रमितको संख्या १ लाख ७४ हजार नाघेको छ । जसमध्ये २५ हजार ९ सय बढीको मृत्यु भइसकेको छ ।

यस्तै जर्मनीमा १ लाख ६९ हजार बढी संक्रमितमध्ये ७ हजार ३ सय ९२ जनाको मृत्यु भएको छ । पाकिस्तानमा २४ हजार ६ सय ४४ जना कोरोना संक्रमित हुँदा ५ सय ८५ को मृत्यु भएको छ । बंगलादेशमा १२ हजार ४ सय २५ जना संक्रमित हुँदा १ सय ९९ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button