Tune to BFM 91.2|Biratnagar

कोरोनाका कारण विश्वभर २ लाख ८६ हजारको मृत्यु

विराटनगर, ३० वैशाख । विश्वभर कोरोना महामारीका कारण २ लाख ८६ हजार ९ सय ८६ जनाको मृत्यु भएको छ । आज विहान सम्म ४२ लाख ५० हजार बढी संक्रमितमध्ये करिब १५ लाख २५ हजार उपचारपछि निको भएका छन् ।

पछिल्लो तथ्यांकअनुसार अमेरिकामा १३ लाख ८५ हजार २ सय बढी संक्रमित हुँदा ८१ हजार ७ सय ५९ जनाको मृत्यु भएको छ । बेलायतमा २ लाख २३ हजार बढी संक्रमित छन् भने मृत्यु हुनेको संख्या ३२ हजार ६५ पुगेको छ । यस्तै स्पेनमा २ लाख ६८ हजार १ सय बढी संक्रमितहुँदा २६ हजार ७ सय ४४ जनाको मृत्यु भएको छ ।

इटालीमा कोरोना संक्रमितको संख्या २ लाख १९ हजार पुग्दा मृतकको संख्या ३० हजार ७ सय नाघेको छ । उता फ्रान्समा करिब १ लाख ७७ हजार संक्रमितमध्ये मृत्यु हुनेको संख्या २६ हजार ६ सय नाघेको छ । जर्मनीमा १ लाख ७२ हजार ५ सय बढी संक्रमित भएका छन् । जर्मनीमा ७ हजार ६ सय बढीको मृत्यु भएको छ ।

चीनमा ८२ हजार ९ सय संक्रमित छन् भने ४ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ । यस्तै रसियामा संक्रमितको संख्या बढेर करिब २ लाख १० हजार र मृतकको संख्या २ हजार ९ सय पुगेको छ ।

भारतमा पनि कोरोना संक्रमित र मृत्यु हुनेको संख्या थपिंदै गएको छ । ७० हजार ७ सय बढी संक्रमित हुँदा मृत्यु हुनेको संख्या २ हजार २ सय ९४ पुगेको छ । उता पाकिस्तानमा कोरोना संक्रमितको संख्या ३० हजार ९ सय बढी छ भने ६ सय ६७ जनाकोे मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button