Tune to BFM 91.2|Biratnagar

कोरोनाका कारण विश्वभर २ लाख १८ हजारको मृत्यु

विराटनगर, १७ वैशाख । विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण मृत्यु हुने र सक्रमितको संख्या बढिरहेको छ । आज साँझ सम्म २ लाख १८ हजार ७ सय भन्दा बढिको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

संक्रमित ३१ लाख ५३ हजार ६ सय मध्ये ९ लाख ६४ हजार ८ सय जना उपचारपछि निको भएका छन् । अमेरिकामा १० लाख ३५ हजार ७ सय ६५ जना कोरोना संक्रमित हुँदा ५९ हजार २ सय ६६ जनाको मृत्यु भएको छ ।

स्पेनमा २ लाख ३२ हजार १ सय २८ जना संक्रमित हुँदा २३ हजार ८ सय २२ जनाको मृत्यु भएको छ । त्यसैगरी इटालीमा संक्रमितको संख्या २ लाख १ हजार ५ सय ५ पुग्दा मृतकको संख्या २७ हजार ३ सय ५९ पुगेको छ ।

फ्रान्समा १ लाख ६५ हजार ९ सय ११ जना संक्रमित छन् भने २३ हजार ६ सय ६० जनाकोे मृत्यु भएको छ । उता जर्मनीमा १ लाख ५९ हजार ९ सय १२ जना संक्रमित भएका छन् । मृतकको संख्या ६ हजार ३ सय १४ पुगेको छ ।

बेलायतमा १ लाख ६१ हजार १ सय ४५ जना संक्रमित हुँदा २१ हजार ६ सय ७८ जनाको मृत्यु भएको छ । भारतमा ३१ हजार ३ सय ३२ जना संक्रमित हुंदा १ हजार ८ जनाको मृत्यु भएको छ । त्यसैगरी पाकिस्तानमा संक्रमितको संख्या १४ हजार ८ सय ८५ पुग्दा ३ सय २७ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button