Tune to BFM 91.2|Biratnagar

कोरोनाका कारण विश्वभर ३ लाख १२ हजार ३ सय १७ जनाको मृत्यु

विराटनगर, ४ जेठ । कोरोनाका कारण विश्वभर मृत्यु हुनेको संख्या ३ लाख १२ हजार भन्दा बढी पुगेको छ । आज विहान ३ लाख १२ हजार ३ सय १७ जनाको मृत्यु भएको छ ।

४७ लाख १५ हजार भन्दा बढी संक्रमित मध्ये १८ लाख ९ हजार उपचार पछि निको भएका छन् । अमेरिकामा सबैभन्दा बढी ८९ हजार ५ सय भन्दा बढीको मृत्यु भएको छ भने १५ लाख ६ हजार बढी संक्रमित छन् ।

बेलायतमा २ लाख ४० हजार संक्रमित मध्ये करिब ३४ हजार ४ सय जनाको मृत्यु भएको छ । यस्तै इटालीमा २ लाख २४ हजार संक्रमित मध्ये ३१ हजार ७ सय बढीको मृत्यु भएको छ । फ्रान्समा २७ हजार ६ सय बढीको मृत्यु भएको छ । यस्तै ब्राजिलमा १५ हजार ६ सय जनाको मृत्यु भएको छ ।

जर्मनीमा ८ हजार जनाको मृत्यु भएको छ । त्यसैगरी इरानमा ६ हजार ९ सय बढीको मृत्यु भएको छ । चीनमा ४ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ । कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्याको आधारमा भारतले चीनलाई पछि पारेको छ । भारतमा संक्रमितको संख्या ९० हजार ६ सय ४८ पुगेको छ ।

चीनमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८२ हजार नौ सय ४१ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ४ हजार ८ सय ६४ नयाँ संक्रमित थपिएका हुन् ।

भारतमा कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा एक सय १८ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि २ हजार ८ सय ७१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button