Tune to BFM 91.2|Biratnagar

कोरोनाका कारण विश्वभर ३ लाख ८ हजार ९ सय ८५ जनाको मृत्यु

विराटनगर, ३ जेठ । कोरोनाका कारण विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ८ हजार भन्दा बढी पुगेको छ । आज साँझ सम्म ३ लाख ८ हजार ९ सय ८५ जनाको मृत्यु भएको छ । ४६ लाख ४७ हजार भन्दा बढी संक्रमित मध्ये १७ लाख ७० हजार उपचार पछि निको भएका छन् ।

अमेरिकामा सबैभन्दा बढी ८८ हजार ५ सय भन्दा बढीको मृत्यु भएको छ भने १४ लाख ८४ हजार बढी संक्रमित छन् । बेलायतमा २ लाख ३६ हजार संक्रमित मध्ये करिब ३४ हजार जनाको मृत्यु भएको छ । यस्तै इटालीमा २ लाख २३ हजार संक्रमित मध्ये ३१ हजार ६ सय बढीको मृत्यु भएको छ ।

फ्रान्समा २७ हजार ५ सय बढीको मृत्यु भएको छ । यस्तै ब्राजिलमा १४ हजार ९ सय जनाको मृत्यु भएको छ । जर्मनीमा ८ हजार जनाको मृत्यु भएको छ । त्यसैगरी इरानमा ६ हजार ९ सय बढीको मृत्यु भएको छ । चीनमा ४ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ । कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्याको आधारमा भारतले चीनलाई पछि पारेको छ । भारतमा संक्रमितको संख्या ८६ हजार ५ सय नाघेको छ ।

चीनमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८२ हजार नौ सय ४१ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा तीन हजार नौ सय ७० नयाँ संक्रमित थपिएका हुन् । भारतमा कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा एक सय तीन जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि दुई हजार ७ सय ६० पुगेको छ ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २९ हजार एक सय पुगेको छ । महाराष्ट्रमा अहिलेसम्म एक हजार ६८ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । त्यस्तै गुजरातमा अहिलेसम्म नौ हजार नौ सय ३१ संक्रमित पुगेका छन् ।

यो राज्यमा मृत्यु हुनेको संख्या पनि ६ सय ६ पुगेको छ । भारतको मध्य प्रदेशमा संक्रमितको संख्या चार हजार पाँच सय ९५ संक्रमित फेला परेका छन् । यो राज्यमा दुई सय ३९ जनाको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button