Tune to BFM 91.2|Biratnagar

कोरोनाका कारण विश्वमा ३ लाख ३० हजार १ सय ६ जनाको मृत्यु

विराटनगर, ८ जेठ । विश्व महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख ३० हजार नाघेको छ । आज साँझ सम्म ३ लाख ३० हजार १ सय ६ जनाको मृत्यु भएको छ ।

५१ लाख १० हजार संक्रमित मध्ये २० लाख ३८ हजार उपचार पछि निको भएका छन् । ४५ हजार बढी संक्रमितको स्वास्थ्य गम्भीर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । पछिल्लो तथ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या करिब ९५ हजार पुगेको छ । संक्रमितको संख्या १५ लाख ९३ हजार नाघेको छ ।

बेलायतमा २ लाख ४८ हजार बढी संक्रमित मध्ये ३५ हजार ७ सय जनाको मृत्यु भएको छ । इटालीमा २ लाख २७ हजार ३ सय बढी संक्रमित र ३२ हजार ३ सय बढीको मृत्यु भएको छ । फ्रान्समा १ लाख ८१ हजार ५ सय बढी संक्रमित हुंदा मृत्यु हुनेको संख्या २८ हजार १ सय नाघेको छ । यस्तै स्पेनमा २ लाख ७९ हजार ५ सय बढी कोरोना संक्रमित मध्ये करिब २७ हजार ९ सयको मृत्यु भएको छ ।

ब्राजिलमा २ लाख ९३ हजार ३ सय बढी संक्रमित हुंदा १८ हजार ८ सय बढीको मृत्यु भएको छ । उता जर्मनीमा १ लाख ७८ हजार ५ सय बढी संक्रमित र ८ हजार २ सय बढीको मृत्यु भएको छ । चीनमा ८२ हजार ९ सय ६७ कोरोना संक्रमित हुंदा मृत्यु हुनेको संख्या ४ हजार ६ सय ३४ पुगेको छ ।

रसियामा ३ लाख १७ हजार ५ सय बढी कोरोना संक्रमितमा मृत्यु हुनेको संख्या ३ हजार नाघेको छ । यसैगरी भारतमा कोरोना संक्रमितको संख्या १ लाख १३ नाघ्दा ३ हजार ४ सय ५६ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button