Tune to BFM 91.2|Biratnagar

कोरोनाका कारण १ लाख ८५ हजार बढीको मृत्यु

विराटनगर, ११ वैशाख । विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख ८५ हजार १ सय ९२ पुगेको छ । संक्रमितको संख्या भने २६ लाख ५६ हजार २ सय ७६ पुगेको छ ।

आज साँझ सम्म संक्रमितमध्ये ७ लाख २९ हजार ८ सय ७८ जना उपचारपछि निको भएका छन् । अमेरिकामा कोरोना भाइरसका कारण ८ लाख ४९ हजार ९२ जना संक्रमित हुँदा ४७ हजार ६ सय ८१ जनाको मृत्यु भएको छ ।

स्पेनमा २ लाख १३ हजार २४ जना संक्रमित हुँदा २२ हजार १ सय ५७ जनाको मृत्यु भएको छ । त्यसैगरी इटालीमा संक्रमितको संख्या १ लाख ८७ हजार ३ सय २७ पुगेको छ । त्यहाँ २५ हजार ८५ जनाको मृत्यु भएको छ । फ्रान्समा १ लाख ५९ हजार ८ सय ७७ जना संक्रमित हुँदा २१ हजार ३ सय ४० जनाको मृत्यु भएको छ ।

जर्मनीमा १ लाख ५० हजार ७ सय ७३ जना संक्रमित भएका छन् । मृतकको संख्या ५ हजार ३ सय १८ पुगेको छ । बेलायतमा १ लाख ३३ हजार ४ सय ९५ जना संक्रमित छन् भने १८ हजार १ सय जनाको मृत्यु भएको छ ।

भारतमा पनि संक्रमितको संख्या बढेर २१ हजार ७ सय ९७ पुगेको छ । आज साँझ सम्म ६ सय ८१ जनाको मृत्यु भएको छ । त्यसैगरी पाकिस्तानमा संक्रमितको संख्या १० हजार ५ सय १३ पुग्दा २ सय २४ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button