Tune to BFM 91.2|Biratnagar

कोरोनाका कारण १ लाख ९१ हजार बढीको मृत्यु

विराटनगर, १२ वैशाख । विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख ९१ हजार १ सय ५२ पुगेको छ । संक्रमितको संख्या भने २७ लाख ३२ हजार ७ सय ३७ पुगेको छ ।

यो समाचार तयारपार्दा सम्म संक्रमितमध्ये ७ लाख ५१ हजार २५ जना उपचारपछि निको भएका छन् । अमेरिकामा कोरोना भाइरसका कारण ८ लाख ८६ हजार ७ सय ९ जना संक्रमित हुँदा ५० हजार २ सय ४३ जनाको मृत्यु भएको छ ।

स्पेनमा २ लाख १३ हजार २४ जना संक्रमित हुँदा २२ हजार १ सय ५७ जनाको मृत्यु भएको छ । त्यसैगरी इटालीमा संक्रमितको संख्या १ लाख ८९ हजार ९ सय ७३ पुगेको छ । त्यहाँ २५ हजार ५ सय ४९ जनाको मृत्यु भएको छ । फ्रान्समा १ लाख ५८ हजार १ सय ८३ जना संक्रमित हुँदा २१ हजार ८ सय ५६ जनाको मृत्यु भएको छ ।

जर्मनीमा १ लाख ५३ हजार १ सय २९ जना संक्रमित भएका छन् । मृतकको संख्या ५ हजार ५ सय ७५ पुगेको छ । बेलायतमा १ लाख ३८ हजार ७८ जना संक्रमित छन् भने १८ हजार ७ सय ३८ जनाको मृत्यु भएको छ ।

भारतमा पनि संक्रमितको संख्या बढेर २३ हजार ५ सय २ पुगेको छ । अहिले सम्म ७ सय २२ जनाको मृत्यु भएको छ । ५ हजार १२ जना उपचार पछि घर फर्कीएका छन् । त्यसैगरी पाकिस्तानमा संक्रमितको संख्या ११ हजार १५५ जना पुग्दा २ सय ३७ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button