Tune to BFM 91.2|Biratnagar

कोरोनाका संक्रमित १३ लाख ९३ हजार निको भए

विराटनगर २७ वैशाख । कोरोना भाईरसका कारण विश्वभर ४० लाख २६ हजार बढी संक्रमित भएका छन् यो समाचार तयारपार्दा सम्म ४० लाख २६ हजार ८ सय ३८ जना संक्रमित भएका छन् । अहिले सम्म २ लाख ७६ हजार ३ सय ७३ जनाको मृत्यु भएको छ ।

१३ लाख ९३ हजार निको भएका छन् । अमेरिकामा अहिलेसम्म सबैभन्दा बढि झण्डै ७८ हजार ६१६ मानिसको कोरोनाको कारण मृत्यु हुँदा १३ लाख २२ हजार बढी संक्रमित भएका छन् ।

कोरोनाका कारण स्पेनमा २६ हजार २ सय ९९, इटालीमा ३० हजार २ सय १, बेलायतमा ३१ हजार २ सय ४१, फ्रान्समा २६ हजार २ सय ३० जनाको मृत्यु भएको छ । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या करिब १ हजार ९ सय ८६ पुगेको छ । ५९ हजार ७ सय ६५जनासंक्रमित भएका छन् ।

सबैभन्दा धेरै महाराष्ट्रमा ६ सय ९४ जनाको मृत्यु भएको छ । कोरोना भाइरसका कारण भारतमा एक पत्रकारको पनि मृत्यु भएको छ यसैबिच अमेरिकी उपराष्ट्रपति माइक पेन्सका प्रेस सचिव केटी मिलर कोरोना संक्रमित भएकी छन् ।दुई दिनअघि मात्र राष्ट्रपति डोनल्ड ट्रम्पका सहयोगीलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

योसँगै अमेरिकी राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति पेन्सको दैनिक कोरोना परीक्षण हुन थालेको छ ।ट्रम्पलाई सुरक्षित राख्नका लागि हरेक उपाय अपनाइएको ह्वाइट हाउसले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button