Tune to BFM 91.2|Biratnagar

कोरोनाको आशंका गरिएका विरामीको रिपोर्ट नेगेटिभ

विराटनगर, ८ चैत । कोरोना भाइरस संक्रमणको आशंकामा विराटनगरबाट धरान रेफर गरिएका संकास्पद व्यक्तीको रिपोर्ट नेगेटिभ आएको छ ।

कोशी अस्पतालले ‘ट्राभल हिस्टी«’ संकास्पद भन्दै गत बिहिबार शंकास्पद विरामीलाई आइसोलेशनमा बस्न भन्दै सुनसरीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरेको थियो ।

कोशी अस्पतालले गत फागुन २९ गते रेफर गरेपनि सहयोगीसहित कोशी अस्पताल आएका व्यक्ति दुई दिनपछि चैत १ मा सहयोगीसहित धरान पुगेका थिए । अन्य लक्षण नमिलेपनि ट्राभल हिस्ट्री शंकास्पद भएका विरामीको रिपोर्ट नेगेटिभ आएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका डाक्टर गौरीशंकर साहले जानकारी दिनुभयो ।

कोशी अस्पतालबाट आइसोलेसनमा बस्नका लागि भन्दै रेफर गरेपनि उनीहरू सेल्फ क्वारेन्टाइनमा बसेको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button