Tune to BFM 91.2|Biratnagar

कोरोनाको विषयमा महानगरद्धारा छलफल

विराटनगर ८ चैत । कोरोना भाइरस सक्रमणको सम्भावित खतरालाई मध्यनजर गर्दै विराटनगर महानगरले चिकित्सकहरुसंग परामर्श गर्नका साथै नीजि अस्पतालका सञ्चालकहरु संगको छलफललाई तिब्र बनाएको छ ।

शुक्रबार महानगरमा भएको छलफलमा नगरका विभिन्न नीजि अस्पताल र चिकित्सकहरुको सहभागिता रहेको थियो । प्रमुख भीम पराजुलीले सम्भावित खतराका लागि के कस्ता पूर्व तयारी अपनाउन सकिन्छ भन्ने विषयमा लाग्नुपर्ने बताउनुभयो ।

विराटनगरका नीजि तथा सरकारी अस्पतालहरुमा सहज जाँचका लागि तयारी योजना बनाउन आबश्यक गृहकार्यलागि सुझाब समेत लिएको थियो । विराटनगरका हाटवजार र भिडभाड हुने स्थलमा सिमित संख्यामा बस्न समेत सुचना दिइने र अनुगमन समेत गरिने प्रमुख पराजुलीले बताउनुभयो ।

छलफलमा कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेन्डेन्ट डांं संगिता मिश्राले कोरोना भाइरसको सक्रमणवाट बच्न पूर्वतयारी आबश्यक रहेको बताउनुभयो । देश अनुसार विभिन्न मोडलमा बीरामीको उपचार भइरहेकाले नेपालमा पनि ती विधिहरु अबलम्बन गरिने उहाको भनाई थियो ।

आबश्यक परेको अवस्थामा सवै अस्पताल कोरोना अस्पताल हुने र यसका लागि सरकारको पहलकदमी जरुरी हुने डां.मिश्राले बताउनुभयो । लाइफगार्ड अस्पतालका डां.कैलाश कुमार श्रेष्ठले नीजि अस्पताल कोरोनाबाट डराएर नभाग्ने र आइपरे सवै संयन्त्र प्रयोगमा ल्याउन आफुहरु तयार रहेको बताउनुभयो ।

कार्यक्रममा विराटनगर महानगर उपप्रमुख इन्दिरा कार्की ,प्रमुख प्रशासकिय अधिकृत इन्द्रमणी पोखरेल ,हाम्रो अस्पतालका डां. शंकर अधिकारी ,कोशी अस्पतालका प्रशासन प्रमुख नवराज लुइटेल लगायतले आ आफ्ना धारणा राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button