Tune to BFM 91.2|Biratnagar

कोरोनाबाट एक लाख ६४ हजार ९ सय २५ को मृत्यु

विराटनगर, ८ वैशाख ।कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ६४ हजार ९ सय २५ जनाको मृत्यु भएको छ ।

आज विहान सम्म संक्रमितको संख्या २४ लाख ४ हजार ८ सय ६६ पुगेको छ । त्यस्तै कोरोना संक्रमणपछि निको हुनेको संख्या ६ लाख २४ हजार ८ सय ४८ छ । कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म अमेरिकामा सबैभन्दा बढी ४० हजार ५ सय २७ जनाको मृत्यु भएको छ ।

अमेरिकामा मात्रै कोरोना संक्रमितको संख्या करिब ७ लाख ६३ हजार ५ सय ९४ रहेको छ भने निको हुनेको संख्या ७० हजार ९ सय भन्दा बढी छ । अमेरिकापछि इटालीमा २३ हजार ६ सय ६० जनाको मृत्यु भएको छ । इटालीमा संक्रमितको संख्या एक लाख ७८ हजार ९ सय ७२ रहेको छ भने ४७ हजार ५५ जना निको भएका छन् ।

त्यस्तै स्पेनमा २० हजार ४ सय ५३ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या एक लाख ९८ हजार ६ सय ७४ छ । स्पेनमा ७७ हजार भन्दा बढि निको भएका छन् । त्यस्तै युरोपेली मुलुक फ्रान्समा १९ हजार ७ सय १८ र बेलायतमा १६ हजार ६० जनाको मृत्यु भएको छ । यता भारतमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ५ सय ५९ पुगेको छ । त्यहाँ १७ हजार ६ सय १५ जना संक्रमित मध्ये २ हजार ८ सय ५४ जना उपचारपछि घर फर्किएका छन् ।

पाकिस्तानमा संक्रमितको संख्या ८ हजार ३ सय ४८ पुगेको छ । १ सय ६८ जनाको मृत्यु भएको छ । बंगलादेशमा संक्रमतिको संख्या २ हजार ४ सय ५६ पुगेको छ भने ९१ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button