Tune to BFM 91.2|Biratnagar

कोरोनाबाट नेपालमा १ सय ८३ को मृत्यु, ३५ हजार ५ संय संक्रमित

विराटनगर, ११ भदौ । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ५ महिला र ३ जना पुरुष गरी ८ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पर्सा, कपिलवस्तु, काठमाडौं, ललितपुर, बारा, कास्की, रुपन्देही र बाँकेमा १—१ जनाको मृत्यु भएको छ । ललितपुरमा ६५ वर्षिया, बारामा २३ वर्षिया, कास्कीमा ३२ वर्षिया, रुपन्देही र बाँकेमा ७० वर्षिया गरी ५ जना महिलाको कोरोनाबाट मृत्यु भएको हो । यस्तै काठमाडौंमा ४८ वर्षिय, पर्सामा ६२ र कपिलवस्तुमा ५० वर्षिय गरी ३ जना पुरुषको मृत्यु भएको हो ।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ८३ पुगेको छ । आज १ हजार १ सय ११ जना नयाँ कोरोना संक्रमित थपिएका छन । १२ हजार ६ सय २९ वटा परीक्षण गरीक्षणमा ३ सय ३४ महिला र ७ सय ७७ जना पुरुषमा संक्रमित देखिएको हो ।

आजसम्म संक्रमितको संख्या ३५ हजार ५ सय २९ पुगेको छ । आज देशभरी सक्रिय संक्रमित संख्या १५ हजार २ सय ७३ जना रहेको छ । प्रदेश नम्बर १ मा २ र बागमती प्रदेशमा १५ जना भेन्टिलेटरमा उपचाररत रहेका छन ।

आज ५ सय ६९ जना डिस्चार्ज भएका छन । आज देशभरीका क्वारेन्टिनमा ९ हजार ४ सय ४८ जना रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button