Tune to BFM 91.2|Biratnagar

कोरोनाबाट नेपालमा ९९ को मृत्यु, २५ हजार संक्रमित

विराटनगर, ३० साउन । कोरोना भाइरस (कोभिड—१९) बाट थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोरङ र सिरहा १—१ र बारामा २ जनाको मृत्यु भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार प्रदेश नम्बर १ मा ९ जना, प्रदेश नम्बर २ मा ४२ जना र बागमती प्रदेशमा १८ जनाको कोरोनाबाट मृत्यु भएको छ । यस्तै गण्डकी प्रदेशमा ६ जना, प्रदेश ५ मा १२ जना, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा ८ जना गरी नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ ।

जसमा पुरुष ७७ र महिलाको संख्या २२ रहेको छ । आज भएका ११ हजार ५ सय ७५ पीसीआर परीक्षणमा ५ सय ९४ जनामा संक्रमण देखिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार ५ सय ५१ रहेको छ । आजसम्म १७ हजार ७७ जना डिस्चार्ज भएका छन । आज आइसोलेसनमा ७ हजार ९ सय १३ जना संक्रमित उपचाररत रहेका छन । क्वारेन्टाईनमा १४ हजार ६ सय ३८ जना रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button