Tune to BFM 91.2|Biratnagar

कोरोनाबाट बहराइनमा तीन नेपाली संक्रमित

विराटनगर, ९ चैत । बहराइनमा तीन नेपालीलाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ । हिजो साँझ परीक्षणको क्रममा नेपाली तीन जना पुरुष व्यक्तिलाई कोरोना संक्रमणको पुष्टि भएको बहराइनस्थित नेपाली राजदूत पदम सुन्दासले जानकारी दिनुभयो । संक्रमित नेपालीलाई बहराइन सरकारले अस्पतालमा राखी उपचार गरेको र उनीहरुको परिचय गोप्य राखिएको पनि राजदुत सुन्दासले बतउनुभयो ।

त्यस्तै, कोरोनाको संक्रमणको आशंकामा थप तीन नेपालीलाई क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा बस्नेमा दुई पुरुष र एक महिला छन् । उनीहरु काम गर्ने घरमा इरानबाट आएका एक जनालाई कोरोना पोजेटिभ देखिएपछि त्यो घरको सम्पूर्णलाई एक हप्तादेखि क्वारेन्टाइनमा राखिएको हो । क्वारेन्टाइनमा भएका नेपालीलाई भने भेटेर फर्कीएको राजदुत सुन्दासले बताउनुभयो ।

बहराइनमा ३ सय १० जनामा कोरोनाको संक्रमण देखिएको छ । उनीहरू मध्ये १२५ जनामा निको भइसकेका छन् भने एक जनाको मृत्यु भइसकेको छ । यसैवीच कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट वेलायतमा एक नेपालीको मृत्यु भएको पुष्टि भएको छ । ६६ वर्षीय पूर्व गोर्खा सैनिक लीलाबहादुर राईको मृत्यु भएको पुष्टि भएको छ ।

पुख्र्यौली घर संखुवासभा भएका उहाँ सपरिवार लण्डन नजिकै हृयारो सहरमा बस्दै आउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button