Tune to BFM 91.2|Biratnagar

कोरोनाबाट मृत्यु भएकी महिलाका परिवार सवैको रिपोर्ट नेगेटिभ

काठमाडौं ५ जेठ । कोरोना संक्रमणका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी युवतीको नवजात शिशु र श्रीमानसहित परिवारका ५ सदस्यमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।

धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नवजात शिशु, महिलाका श्रीमानसहित परिवारका पाँच सदस्यमा कोरोना संक्रमण नपाइएको धुलिखेल अस्पतालमा चिकित्सक डा. सुमनराज ताम्राकारले जानकारी दिनुभयो ।

गत वैशाख २४ गते त्रिवि शिक्षण अस्पतालमा छोरा जन्माएकी महिला त्यसपछि सिन्धुपाल्चोकस्थित घर गएकी थिइन् ।

घरपुगेपछि स्वास्थ्यमा समस्या देखिएकाले स्थानीय स्वास्थ्य संस्था हुँदै उपचारका लागि धुलिखेल असपताल ल्याइएको थियो । गत बिहीबार उनको मृत्यु भएको थियो । उनका परिवार भने सवै सुरक्षित रहेको डा.ताम्राकारले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button