Tune to BFM 91.2|Biratnagar

कोरोनाबाट मृत्यु हुनेको संख्या झण्डै ९६ हजार

विराटनगर, २८ चैत । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ९६ हजार बढीको मृत्यु भएको छ । २ सय १० देशमा फैलिएको भाईरसबाट आज साँझ सम्म ९६ हजार ९ सय ४० जनाको मृत्यु भएको छ ।

यसबाट संक्रमित हुनेको संख्या पनि १६ लाख १७ हजार नाघेको छ । बितेको २४ घण्टामा सात हजार १ सय ९७ जनाको मृत्यु भएको हो । सबैभन्दा बढी अमेरिकामा संक्रमित छन् । त्यहाँ संक्रमित हुनेको संख्या ४ लाख ६८ हजार ४ सय ९५ पुगेको छ । त्यहाँ १६ हजार ६ सय ९५ जनाको मृत्यु भएको छ ।

१६ लाखभन्दा बढी कोरोनाबाट संक्रमित भएकामा तीन लाख ६६ हजारभन्दा बढी मानिस निको भएर घर फर्किएका छन् भने करिब ४९ हजारभन्दा बढीको अवस्था गम्भीर रहेको छ । मृत्यु हुनेमा अहिलेसम्म सबैभन्दा बढी इटालीमा १८ हजार २ सयभन्दा धेरै छन् भने स्पेनमा १५ हजार ८ सय नाघेको छ ।

स्पेनमा संक्रमित हुनेको संख्या १ लाख ५७ हजार नाघ्दा इटालीमा संक्रमितको संख्या १ लाख ४३ हजार ६ सय नाघेको छ । फ्रान्समा मृतकको संख्या १२ हजार २ सय नाघेको छ । बेलायतमा करिब ७ हजार ९ सय ४८ जनाको मृत्यु भएको छ ।

इरानमा मृतकको संख्या ४हजार २ सय ३२ पुग्दा चीनमा यो संख्या ३ हजार ३ सय ३६ छ । जर्मनीमा मृत्यु हुनेको संख्या २ हजार ६ सय नाघ्दा बेल्जियममा ३ हजार १९, नेदरल्याण्डमा करिब २ हजार ३ सय ३६ रहेको छ । भारतमा २ सय २९ जनाको मृत्यु हुँदा ६ हजार ७ सय २५ जना संक्रमित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button