Tune to BFM 91.2|Biratnagar

कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ४५ हजार ४ सय

विराटनगर, ५ वैशाख । कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या करिव २१ लाख ८० हजार पुगेको छ । पछिल्लो तथ्यांकअनुसार आज विहान सम्म संसार भर संक्रमितको संख्या २१ लाख ८० हजार ३ पुगेको छ ।

कोभिड–१९ बाट संक्रमित भई मृत्यु हुनेको संख्या भने १ लाख ४५ हजार ४ सय १५ पुगेको छ । ५ लाख ४६ हजार भने उपचारपछि निको भई घर फर्किएका छन् । सबैभन्दा बढी संक्रमित अमेरिकामा ६ लाख ७७ हजार नाघेको छ ।

कोरोनाबाट अमेरिकामा ३४ हजार ५ सय ८० जनाको मृत्यु भएको छ । अमेरिकापछि बढी प्रभावित इटालीमा २२ हजार १ सय ७० जनाको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या एक लाख ६८ हजार ९ सय ४१ पुगेको छ । बेलायतमा १३ हजार ७ सय २९ जनाकोे मृत्यु हुँदा १ लाख ३ हजार ९३ संक्रमित भएका छन् ।

स्पेनमा १९ हजार ३ सय १५ जनाको मृत्यु हुँदा संक्रमितको संख्या एक लाख ८४ हजार ९ सय ३८ पुगेको छ । फ्रान्समा १७ हजार ९ सय २० जनाको मृत्यु हुँदा एक लाख ६५ हजार २७ जना संक्रमित भएका छन् । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ सय ४८ पुगेको छ । संक्रमित हुनेको संख्या पनि १३ हजार ४ सय ३० पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button