Tune to BFM 91.2|Biratnagar

कोरोनाबाट मृत्यु हुनेको संख्या ८८ हजार नाघ्यो

विराटनगर, २७ चैत । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ८८ हजारभन्दा बढीको मृत्यु भएको छ । २ सय ९ देशमा फैलिएको कोरोना भाईरसका कारण आज विहान सम्म संक्रमित हुनेको संख्या पनि १५ लाख ९ हजार ६ सय ७८ जना पुगेको छ ।

सबैभन्दा बढी अमेरिकामा संक्रमित छन् । त्यहाँ संक्रमित हुनेको संख्या ४ लाख २७ हजार १ सय १ पुगेको छ । त्यहाँ १४ हजार ६ सय ६८ जनाको मृत्यु भएको छ । १५ लाख ९ हजार भन्दा बढी कोरोनाबाट संक्रमित भएकामा ३ लाख २९ हजारभन्दा बढी मानिस निको भएर घर फर्किएका छन् भने करिब ४८ हजारभन्दा बढीको अवस्था गम्भीर रहेको छ ।

मृत्यु हुनेमा अहिलेसम्म सबैभन्दा बढी इटालीमा १७ हजार ६ सय ६९ छन् भने स्पेनमा १४ हजार ७ सय ९२ पुगेको छ । स्पेनमा संक्रमित हुनेको संख्या १ लाख ४८ हजार २ सय २० पुग्दा इटालीमा संक्रमितको संख्या १ लाख ३९ हजार ४ सय २२ पुगेको छ ।

फ्रान्समा मृतकको संख्या १० हजार ८ सय ६९ पुगेको छ । बेलायतमा ७ हजार ६९ पुगेको छ । इरानमा मृतकको संख्या ३ हजार ९ सय ९३ पुग्दा चीनमा यो संख्या ३ हजार ३ सय ३३ रहेको छ ।

जर्मनीमा मृत्यु हुनेको संख्या २ हजार ३ सय ४९, बेल्जियममा २ हजार २ सय ४०, नेदरल्याण्डमा २ हजार २ सय ४८ जनाको मृत्यु भएको छ । भारतमा १ सय ७८ जनाको मृत्यु हुँदा ५ हजार ९ सय १६ जना संक्रमित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button