Tune to BFM 91.2|Biratnagar

कोरोनाबाट विश्वभर १ लाख ३ हजारको मृत्यु

विराटनगर ३० चैत । कोरोना भाइरस (कोभिड १९) को स्रंक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या १ लाख ८ हजार नाघेको छ ।

आज विहान सम्म १ लाख ८ हजार ७ सय ४९ जनाको मृत्यु भएको छ । २ सय १० देशमा फैलिएको भाईरसका कारण १७ लाख ७८ हजार ४३ जना संक्रमित भएका छन् । ४ लाख २ हजार निको भएर घर फर्किएका छन् । ५० हजार बढीको अवस्था गंभिर छ । कोरोना भाईरसबाट सवैभन्दा बढी अमेरिकामा मृत्यु भउको छ ।

अमेरिकामा मृत्यु हुनेको संख्या २० हजार ५ सय ६२ पुगेको छ । त्यहाँ संक्रमितको संख्या पनि बढी छ । अमेरिकामा ५ लाख ३२ हजार ९२ जना संक्रमित भएका छन् । इटालीमा १९ हजार ४ सय ६८ जनाको मृत्यु भएको छ ।

१ लाख ५२ हजार २ सय ७१ संक्रमित भएका छन् । स्पेनमा १६ हजार ६ सय ६ जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् भने त्यहाँ संक्रमितको संख्या १ लाख ६३ हजार २७ पुगेको छ । यस्तै फ्रान्समा १३ हजार ८ सय ३२ र बेलायतमा ९ हजार ८ सय ७५ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

भारतमा २ सय ८८ जनाको मृत्यु भएको छ । कोरोना भाईरसबाट ८ हजार ४ सय ४६ जना संक्रमित भएका छन् । पाकिस्तानमा ८६ जनाको मृत्यु भएको छ भने ५ हजार ११ जना संक्रमित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button