Tune to BFM 91.2|Biratnagar

कोरोनाबाट विश्वभर १ लाख ३ हजारको मृत्यु

विराटनगर २९ चैत । कोरोना भाइरस (कोभिड १९) को स्रंक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या १ लाख ३ हजार नाघेको छ । आज साँझ सम्म १ लाख ३ हजार ५ सय १३ जनाको मृत्यु भएको छ । २ सय १० देशमा फैलिएको भाईरसका कारण १७ लाख १० हजार ८ सय १७ जना संक्रमित भएका छन् ।

३ लाख ८२ हजार निको भएर घर फर्किएका छन् । ४९ हजार बढीको अवस्था गंभिर छ । सबैभन्दा धेरै प्रभावित मुलुक इटालीमा १८ हजार ८ सय ४९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्याका हिसाबले सबैभन्दा धेरै प्रभावित अमेरिकामा १८ हजार ७ सय ६१ ज्नाको मृत्यु भएको छ ।

संक्रमितको संख्या ५ लाख ३ हजार १ सय ७७ पुगेकोे छ । स्पेनमा १६ हजार ३ सय ५३ जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् भने त्यहाँ संक्रमितको संख्या १ लाख ६१ हजार ८ सय ५२ पुगेको छ ।

यस्तै फ्रान्समा १३ हजार १ सय ९७ र बेलायतमा ८ हजार ९ सय ५८ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । भारतमा २ सय ४९ को मृत्यु भएको छ । कोरोना भाईरसबाट ७ हजार ६ सय संक्रमित भएका छन् । पाकिस्तानमा ७७ जनाको मृत्यु भएको छ भने ४ हजार ८ सय ९२ जना संक्रमित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button