Tune to BFM 91.2|Biratnagar

कोरोनाबाट विश्वभर १ लाख ६५ को मृत्यु

विराटनगर, ८ वैशाख । कोरोना भाइरसको संक्रमणबाट विश्वभर १ लाख ६५ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । आज साँझ सम्म १ लाख ६५ हजार ९ सय २४ जनाको मृत्यु भएको छ । २४ लाख २२ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् ।

सबैभन्दा बढी अमेरिकामा ४० हजार ५ सयभन्दा बढीको मृत्यु हुँदा ७ लाख ६४ हजार संक्रमित बनेका छन् । इटालीमा २३ हजार ६ सयभन्दा बढीको मृत्यु भएको छ भने एक लाख ७८ हजार बढी संक्रमित छन् ।

उता स्पेनमा भने मृतकको संख्या २० हजार ८ सय नाघेको छ भने २ लाख २ सय व्यक्ति संक्रमणको चपेटमा परेका छन् । फ्रान्समा १९ हजार ७ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने बेलायतमा कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या १६ हजार नाघेको छ । त्यहाँ १ लाख २० हजार मानिस संक्रमित भएका छन् ।

फ्रान्समा १ लाख ५२ हजारभन्दा बढी व्यक्ति संक्रमित छन् । विश्वभर १ लाख ६५ हजारभन्दा बढी मानिसको मृत्यु र २४ लाख २२ हजार व्यक्ति संक्रमित हुँदा ६ लाख २९ हजार बढि व्यक्ति उपचारपछि निको भएर घर पनि फर्किएका छन् । भारतमा कोरोना भाइरसका संक्रमितको संख्या १७ हजार नाघेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १७ हजार ६ सय १५ व्यक्तिमा संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा भारतमा एक हजार पाँच सय ५३ जनाभन्दाबढी नयाँ संक्रमित थपिएका हुन् । त्यस्तै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि पाँच सय ५९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा यो भाइरसको कारण ३५ जनाको मृत्यु भएको हो । अहिलेसम्म भारतमा दुई हजार ८ सय ५४ संक्रमित निको भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button