Tune to BFM 91.2|Biratnagar

कोरोनाबाट १ लाख ६१ हजार २ सय २१ को मृत्यु

विराटनगर, ७ वैशाख । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ६१ हजार २ सय २१ जनाको मृत्यु भएको छ ।

आज साँझ सम्म जोन होप्किन्स विश्वविद्यालय कोरोना रिसोर्स सेन्टरको पछिल्लो तथ्यांक अनुसार संक्रमितको संख्या २३ लाख ४८ हजार ९ सय ५३ पुगेको छ । त्यस्तै कोरोना संक्रमणपछि निको हुनेको संख्या ६ लाख ५ हजार ७ सय १८ छ ।

कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म अमेरिकामा सबैभन्दा बढी ३९ हजार १५ जनाको मृत्यु भएको छ । अमेरिकामा मात्रै कोरोना संक्रमितको संख्या करिब ७ लाख ३८ हजार ९ सय २३ रहेको छ भने निको हुनेको संख्या ६८ हजार दुईसय भन्दा बढी छ । अमेरिकापछि इटलीमा २३ हजार २ सय २७ जनाको मृत्यु भएको छ ।

इटालीमा संक्रमितको संख्या एक लाख ७५ हजार ९ सय २५ रहेको छ भने ४४ हजार ९ सय २७ जना निको भएका छन् । त्यस्तै स्पेनमा २० हजार ४ सय ५३ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या एक लाख ९५ हजार ९ सय ४४ छ ।

स्पेनमा ७४ हजार भन्दा बढि निको भएका छन् । त्यस्तै युरोपेली मुलुक फ्रान्समा १९ हजार ३ सय २३ र बेलायतमा १५ हजार ४ सय ६४ जनाको मृत्यु भएको छ । यता भारतमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ५ सय २१ पुगेको छ ।

त्यहाँ १६ हजार ३ सय ६५ जना संक्रमित मध्ये २ हजार चार सय ६६ जना उपचारपछि घर फर्किएका छन् । पाकिस्तानमा संक्रमितको संख्या ७ हजार ९ सय ९३ पुगेको छ जहाँ १ सय ५९ जनाको मृत्यु भएको छ ।

बंगलादेशमा संक्रमतिको संख्या २ हजार ४ सय ५६ पुगेको छ भने ९१ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button