Tune to BFM 91.2|Biratnagar

कोरोनाले मृत्यु भएका दुई पुरुषको शव व्यवस्थापन

विराटनगर, २२ साउन । कोरोना भाइरसको संक्रमणका कारण मोरङमा मृत्यु भएका दुई पुरुषको शव गयराति व्यवस्थापन गरिएको छ ।

विराटनगर महानगरपालिका–९ का र रंगेली नगरपालिका –८ का ४५ वर्षीय पुरुषको शव मोरङको कानेपोखरीस्थित वन क्षेत्रमा लगेर व्यवस्थापन गरिएको हो । विराटनगरका पुरुषको हिजो दिउँसो १ः१० बजे र रंगेलीका पुरुषको बिहान १०ः३० बजे विराटनगरको कोशी अस्पतालमा मृत्यु भएको थियो । दुवै जनालाई उपचारका लागि ल्याइएको थियो ।

मृत्यु हुनुअघि उनीहरुमा कोरोनाको पुष्टि भइसकेको थिएन । कोरोनाको आशंकामा स्वाब संकलन गरेर परीक्षण गर्दा दुवै जनाको रिपोर्ट पोजेटिभ आएको थियो । मृत्यु भइसकेपछि उनीहरुमा कोरोना पोजेटिभ देखिएको थियो ।

कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुुमनलाल दासले कोरोना कारण मृत्यु भएका कारण शव परिवारका सदस्यलाई नदिएको बताउनु भयो । नेपाली सेनाको शव व्यवस्थापन टोलीले जिम्मा लिएर शवको व्यवस्थापन गरेको उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button